उपप्रधानमन्त्री गच्छेदारसँग आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, भदौं २४ । निर्वाचन आचार सहिंता उल्लघंन गरेको आरोपमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार र उर्जाराज्यमन्त्री अमरसिंह पुनलाई निर्वाचन आयोगले २४ घण्टाभित्र स्पष्टीकरणका लागि निर्देशन दिएको छ ।

त्यस्तै नेपाल लोकतान्त्रिक फोरमबाट बिरगञ्ज महानगरपालिकाको उम्मेदवार बनेका विमलकुमार श्रीवास्तवले पनि आचारसंहिता उलंघन गरेकाले उनको उम्मेदवारी रद्द किन नगर्ने ? भन्दै आयोगले २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ ।

वीरगञ्ज महानगरपालिकाको निर्वाचनको उपप्रधानमन्त्री गच्छदारसहित नेपाल लोकतान्त्रिक फोरम पार्टीका नेता कार्यकर्ताहरूले आचारसंहितालाई वेवास्ता गदैगाडी र मोटरसाईकल र्‍याली निकालको आयोगले बताएको छ ।

लोकतान्त्रिक फोरमले २०–२५ वटा गाडीहरू र एक सयभन्दा बढी मोटरसाइकलसहितको चुनाबी र्‍याली र जुलुस निकालीको भन्ने उजुरी आयोगमा परेको थियो । त्यही उजृुरी छानविन गरी आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसैगरी राज्यमन्त्री पुनले बाराको जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिंडेको भन्ने उजुरीको छानविन गर्दै आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!