‘केपी ओली र सीके राउत मुलुक विखण्डनमा लागेका छन’

भैरहवा, भदौ २४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम पूर्वरक्षामन्त्री बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी शर्मा ओली र तराईमा पृथकतावादी आन्दोलनमा लागेका सीके राउत उस्तै भएको टिप्पणी गरेका छन्।

शनिबार वीपी कोइरालाको १०३ औँ जन्मजयन्ती तथा निर्वाचित जनप्रतिनिधिको सम्मानमा नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा खाँणले उक्त धारण राखेका हुन ।

नेता खाँडले एमाले अध्यक्ष ओली काठमाडौंमा बसेर तराईबासीलाई र राउतले तराईमा बसेर हिमाल पहाडका बासिन्दालाई गाली गर्दै राष्ट्र बिखण्डनमा लागेको आरोप लगाएका हुन्। उनले राष्ट्रियता कमजोर पार्दै बिखण्डनमा लाग्नेहरु राष्ट्रवादी हुनै नसक्ने दावी गरे ।

‘उत्तरी सिमानामा समस्या आउँदा त्यहाँका बासिन्दा लडेका छन्, भने दक्षिणमा समस्या पर्दा त्यहाँका बासिन्दा लडेका छन्। सबै नेपाली राष्ट्रियता बलियो बनाउन लागेका छन्।’ उनले भने –’नेपालीको सम्मान र राष्ट्रियता बलियो बनाउनुको सट्टा यि दुबैका क्रियाकलाप र अभिव्यक्ति राष्ट्रहित विपरित छन्।’

विदेशी दूतावासबाट चुनाव खर्च बुझेर छिमेकीलाई गाली गर्दै हिड्ने र निश्चित समुदायलाई अपहेलना गरी हिँड्दैमा राष्ट्रवादी हुन नसकिने उनले प्रस्ट्याए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!