दुईवटा बस ठोक्किदा तीन जनाको मृत्यु २४ घाइते

चितवन, भदौ २४ । चितवनको राप्ती नगरपालिका–१ पिप्लेमा दुईवटा बस एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । भने २४ जना घाइते भएका छन् ।

शनिबार अपरान्ह नारायणगढबाट बिरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ९१२५ नम्बरको बस एक–आपसमा ठक्किएको जिल्ला प्रहरी कायाृलय चितवनले जनाएको छ ।

घाइते मध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । दुर्घटनामा परि दुवै बसका चालक घाइते भएका छन् । घाइते मध्ये १४ जनाको पूरानो मेडिकल कलेज र १० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मृत्यु भएका कसैको पनि सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा दुई जना पुरुष र एक जना महिला रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!