रेणु दाहालले यसरी बनाउदै छन भरतपुर महानगरलाई व्यवस्थित

भरतपुर, भदौ २४ । चितवनको भरतपुर महानगरपालिकाको ट्राफिक व्यवस्थीत बनाउन नगरप्रमुख रेणु दाहालले कडा कदम चालेकी छन ।

महानगरप्रमुख दाहालको सक्रियतामा पार्किङ्गको व्यवस्था, तीनपाँग्रे सवारी साधनको व्यवस्थापन तथा सडक र पेटीमा सामान विक्री गर्नेलाई समेत काबारही गर्नेगरी नयाँ व्यवस्था लागु गरिएको हो ।

महानगरको बजार व्यवस्थापन सम्बन्धि बैठकले समस्याका रुपमा देखिएको तीनपांग्रे सवारी साधनको चापलाई कम गर्न रिंगरोड क्षेत्रभित्र जोर बिजोर अंक प्रणाली लागु गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कुनै पनि व्यापारीले आफ्नो पसल भन्दा बाहिर सामान राखि व्यापार गरेमा महानगरले काबारही गर्ने निणर्य गरिएको छ । ‘हामीले सुन्दर सफा र व्यवस्थीत महानगर बनाउनका लागि पहिलो चरणमा सूचना एवं पत्राचार गरेर सबैलाई अनुरोध गर्छौँ’ प्रमुद दाहालले भनिन ‘अटेर गर्नेलाई सामान जफत गरेर काबारही गछौं ।’

महानगरपालिकाले पार्किङ्गका लागि पनि स्थान तोकेको छ । पुल्चोक बजारको क्षेत्रको लागि नारायणी नदि किनार, लायन्स चोक क्षेत्रको लागि समाजसेवी दिनेश कुमार चुकेको अगुवाईमा गणेश चलचित्र हल पछाडीको खाली जमिन, प्रहरीको अस्थायी बिट क्षेत्र र चौबिसकोठी लगायतको लागि चितवन माविको जग्गा तथा जिल्ला प्रहरी कार्यालय अगाडीको गेष्ट हाउस चौरमा सशुल्क पार्किङ्गको व्यवस्था गरको महानगरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!