ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा, भदौ २४ । पाल्पाको तानसेन– ५ धरमपानीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। उनी रिब्दीकोट गाउँपालिका–४ सिलाङ्गथोकका ३४ वर्षिय रमेश सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बुटवलबाट गुल्मीको तम्घास तर्फ जाँदै गरेको लु १ ख ९१५६ नम्बरको मिनी ट्रक शनिबार दिउँसो २.३० बजेतिर दुर्घटना भएको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार ट्रक सडकबाट करिब ७० मिटर तल खसेको छ । दुर्घटनाको कारण तीव्र गति हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!