नयाँशक्ति र विप्लव नेतृत्वका जिल्ला अध्यक्षसहित सयौं नेता माओवादी केन्द्रमा प्रवेश

भक्तपुर, भदौ २४ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी र नयाँ शक्ति पार्टी नेपालको भक्तपुर जिल्ला कमिटी नेकपा माओवादी केन्द्रमा विलय भएको छ ।

शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित वृहत वैचारिक राजनीतिक धुव्रिकण कार्यक्रममा यी दुई पार्टीका जिल्ला अध्यक्ष सहित सयौं नेता माओवादी केन्द्रमा समाहित भएका हुन् ।

नयाँ शक्ति नेपाल पार्टीका जिल्ला संयोजक ओम वाग्लेको नेतृत्वमा कार्य समिति र केन्द्रिय परिषदका केहि सदस्य गरी ६२ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

त्यसैगरि, विप्लव नेतृत्वको नेकपा जिल्ला कमिटी अध्यक्ष युवराज आर्चायको नेतृत्वमा ७२ जनाले पार्टी प्रवेश गरेको नेकपा माओवादी केन्द्रका नेता डिपी ढकालले जानकारी दिए ।

कार्यक्रमा नवप्रवेशीलाई माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै वैचारिक धुव्रिकरण अहिलेको आवश्यकता भएको बादलले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!