मंगलबारदेखि दशैंका लागि अग्रीम टिकट बुकिङ शुरू हुने

काठमाडौं, भदौ २४ । दशैंमा घर जाने यात्रुहरुका लागि यो वर्ष पर्सि (मंगलबार) देखि अग्रिम टिकट बुकिङ सुुरु गरिने भएको छ ।

शनिबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीका प्रतिनिधिबीच भएको वार्तापछि भदौ २७ गतेदेखि यस वर्ष दशैंमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको बताइएको छ ।

टिकट बुकिङ खुला गर्ने तर बसको छतमा यात्रु राखेमा भने रुटपरमिट(बाटो इजाजतपत्र) खारेज गर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!