ज्यापू समुदायलाई सहयाेग गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं, भदौ २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले परम्परागत संस्कृति र भेषभूषा जोगाउन ज्यापू समुदायको योगदान उल्लेखनीय रहेको भन्दै ज्यापू समुदायलाई सहयाेग गर्न सरकार तयार रहेकाे बताएका छन् ।

ज्यापू समाज ललितपुरले शनिबार आयोजना गरेको कार्यक्रममा बाेल्दै प्रधानमन्त्री देउवाले संस्कृतिको जगेर्ना एवं प्रवद्र्वन गर्न ज्यापू समुदायलाई सरकार सहयोग गर्न तयार रहेको बताए ।

भूकम्पपछि आर्थिक समुन्नतिका लागि नयाँ बहस हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै प्रधानमन्त्री देउवाले विकासका लागि राष्ट्रिय बहस आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा परम्परागत संस्कृति जगेर्ना गर्न उल्लेखनीय योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्