खटियो माओवादी बुद्धिजीवी संगठनको हेडक्वाटर २ नं. प्रदेशमा

काठमाडौं, भदौ २४ । सर्वत्र चासोको विषय बनेको २ नं. प्रदेशको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्र युद्धस्तरमा चुनाबी प्रचार–प्रचारमा
जुटेको छ ।

६३ वर्षीय पार्टी अध्यक्ष प्रचण्ड लक्का जवानहरूलाई माथ गर्नेगरी क्रियाशिल भएका छन् । २ नं. प्रदेशमा पार्टीलाई १ नं. बनाउने उदघोष गरेका प्रचण्डले पार्टी हेडक्वाटर उक्त प्रदेशमा सारे लगत्तै पार्टी निकट बुद्धिजीवी संगठनले पनि आफ्नो हेडक्वाटर मधेशमा सारेको छ ।

नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका अध्यक्ष नरेश भण्डारीका अनुसार माओवादी केन्द्रका उमेदवारहरूलाई विजयी बजाउन संगठनले प्रदेश नं. २ का आठवटा जिल्लामा पदाधिकारीहरूको नेतृत्वमा बुद्धिजीवीहरूको परिचालन गरेको छ ।

जस अनुसार उपाध्यक्ष नन्दकुमार थापा –सिरहा, उपाध्यक्ष निलकण्ठ तिवारी – पर्सा, उपाध्यक्ष दिल्ली अधिकारी – सप्तरी, उपाध्यक्ष मातृका पौडेल – सर्लाही, उपाध्यक्ष शसिकला दाहाल – महोत्तरी, उपाध्यक्ष रामकुमार यादव – धनुषा, महासचिव कृष्ण केसी – बारा, सचिव गुणराज गौतम – रौतहट ।

कमेन्ट गर्नुहोस्