मधेशमा विकास र रोजगारी चाहिएको छ : मन्त्री साह

कलैया, भदौ २४ । नेपाल सरकारका सहरी विकास मन्त्री एवं माओवादी केन्द्रका नेता प्रभु साहले मधेश र मधेशी जनतालाई विकास र रोजगारी चाहिएको बताउनु भएको छ ।

कलैया उपमहानगरको बलरामपुरमा आयोजित कार्यक्रममा मन्त्री साहले भने, ‘हामी हिजो राजनीतिक परिवर्तनमा लाग्यौं । देशमा गणतन्त्र आयो, संघीयता आयो। अब मधेशमा विकास र रोजगारी चाहिएको छ। मधेशी जनता रोजगारी चाहन्छन्, गरिबीबाट मुक्त हुन चाहन्छन्, विकास चाहन्छन्, समृद्धि चाहन्छन्, पूर्वाधार निर्माण भएको सुन्दर मधेश देख्न चाहन्छन्। यो मधेशी र पहाडियाका नाममा दुश्मनी गरेर बस्ने जमाना होइन, विकास र रोजगारीका लागि काम गर्ने जमाना हो, त्यसका लागि माओवादीलाई जिताअौ।’

मधेशमा बाटो चाहिएको छ, नहर चाहिएको छ, शिक्षा र स्वास्थ्य चाहिएको छ, अब त्यसका लागि संघर्ष गरौ, नेता साहले भने ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!