सेलेब्रेटी प्रचण्ड : बाराका गाऊँ गाऊँमा सर्वसाधारणको भीड (भिडियाेसहित)

कलैया, भदौ २४ । भोजपुरी सिनेमा का ‘हीरो, हिरोइन’ थिएनन् त्यहाँ । तर त्यहाँ तछाडमछाड चलेको देखिन्थ्यो । मानौ कुनै चर्चित सेलेब्रेटी आइरहेका छन् ।

बाराका बिभिन्न गाऊँमा पुगेका छन् प्रचण्ड ।

दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनका क्रममा बाराका बिभिन्न गाऊँमा पुगेका प्रचण्डलाई हेर्न चाहनेहरु बाटो बाटोमा लाईन लागेका देखिन्थे ।

प्रचण्ड आज बिहान कलैया उप–महानगरपालिकाका बिभिन्न वडामा जनतामाझ पुगेका हुन् ।

प्रचण्डले जनतामाझ छोटो कुरा गरे । मधेशी जनताको सच्चा पहरेदार माओवादी भएको उनको भनाइ थियो । नेपाली भोजपुरी र हिदी भाषामा समेत कुरा गरे प्रचण्डले । प्रचण्ड बारापछि सरर्लाही र रौतहट जाने कार्यक्रम छ ।

भिडियाेमा 

https://www.facebook.com/settings?tab=videos&view

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!