नेतृ नमुनाको पहलमा अाठ सय बाढी प्रभावितलाई १५ लाखको राहात

नेपालगञ्ज, भदौ २४ । बाढीबाट प्रभावित बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ६ र ७ का ८ सय बाढी प्रभावित परिवारलाई १५ लाख बराबरको विभिन्न राहात सामग्री वितरण गरिएको छ ।

माओवादी केन्द्रकी नेतृ नमुना केसीको पहलमा रोटरी ईन्टरनेशनल क्लब गोंगबु काठमाडौंको नेतृत्वमा राजधानीका विभिन्न ८ वटा रोटरी क्लबहरुले राप्तीसोनारी गाउँपालिकामा पुगेर बिहिबार सो राहात वितरण गरेका हुन् ।

सो अवसरमा झुल, भुईंमा ओछ्याउने म्याट, कम्बल र बालबालिका तथा महिलाहरुलाई लगाउने लुगाहरु वितरण गरिएको थियो ।

रोटरी क्लबहरुको टोलीले कमैयाँडाडामा रहेको विद्यालयको समेत निरिक्षण गरेर त्यहाँ रहेका विद्यार्थी लागि पोशाक, विद्यालयलाई आवश्यक फर्निचर, खानेपानीको ब्यबस्था र शौचालय निर्माण गराउने प्रतिवद्धता समेत जनाएको नेतृ केसीले जानकारी दिइन् ।

केसीलाइृ अहिले मातृशोक परेको छ । तर, उनी आफ्नो भन्दा जनताको समस्या ठूलो भएको भन्दै  राहत वितरणमा लागेकी छिन् । उनी प्रचण्ड सरकारको पालामा प्रचण्डको सचिवालय सदस्य थिइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!