एमाले राजसंस्थाको पक्षमा खुलेरै लाग्याे: माधव नेपाल

काठमाडौं, भदौ २४ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राजा महेन्द्रले नेपालको अस्तित्व जोगाएको बताउँदै देशमा राजसंस्थाको आवश्यकता खड्किएको आशय प्रकट गरेका छन् ।

राजा महेन्द्रले नेपालको स्वाभिमान बचाएको भन्दै उनले अनेरास्ववियु परराष्ट्र विभागद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘राजा भएकै कारण महेन्द्रको विरोध गर्नु गलत हो । हुन त धैरैजसो राजा–महाराजाहरु भोगविसाशमै लिप्त भए, तर महेन्द्र त्यस्ता थिएनन । प्रजातन्त्रविरोधी भए पनि महेन्द्र राष्ट्रियताको सवालमा अडिग थिए ।’

अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमले संघीयता नरुचाएका बेला विहिबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् ।उनको यो अभिव्यक्ति परिवर्तन विरोधी भन्दै माओवादी केन्द्रका नेताहरुले भने आलोचना गरेका छन् । संघीय गणतन्त्र नेपालमा राजसंस्थालाई फाइदा पुग्ने राजाको गुणगान गाएको भन्दै उनीहरुले आलोचना सुरु गरेका हुन् ।

यसअघि वामदेव गौतमले संघीयता स्वीकारेर एमालेले गल्ती गरेको र केपी ओलीले २०६२,६३ को आन्दोलनको एजेण्डा संघीयता थिएन, अचानक कहाँबाट आयो भनेर प्रतिक्रिया दिएका थिए । (नेपालपानाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!