मधेशका जनताले माअाेवादी चिन्न थाले: प्रचण्ड

कलैया,भदौ २४ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेशका जनता फेरि माअाेवादी चिन्न थालेकाे बताएका छन् ।

शनिबार बाराकाे कलैयामा अायाेजित चुनावी सभामा बाेल्दै प्रचण्डले भने, “बीचमा मधेशी जनतामा भ्रम छरियाे, माअाेवादीका विरुद्द अनेक षडयन्त्र र घेराबन्दी गरे। अब त्याे भ्रम ताेडिएकाे छ, मधेशी जनताले माअाेवादी नै हाम्राे साथी हाे भन्ने कुरा चिन्न थालेका छन्।”

“म एकदमै खुसी छु, म सरकारमा रहँदा जुन काम गरे, अहिले मधेशमा त्यसकाे फल लाग्न थालेकाे छ”, प्रचण्डले थपे , हामी देशकाे एकता चाहन्छौ, जनताकाे अधिकार चाहन्छौ, विकास र समृद्धि चाहन्छौ, त्यसैले माअाेवादी केन्द्रलाई जिताउनुपर्छ।”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!