शताब्दीकै शक्तिशाली भूकम्प

भदौ २३ । मेक्सिकोका राष्ट्रपति एनरिके पेनिया नियटोले आफ्नो मुलुकमा गएको भूकम्पलाई एक शताब्दी यताकै शक्तिशाली भूकम्प भनेका छन् ।
भूकम्पका कारण छिमेकी देश ग्वाटेमालामा पनि एक जनाको मृत्यु भएको छ उनले बताए ।

मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव २ म्याग्निच्युड को शक्तिशाली भूकम्प जाँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । ८ दशमलव २ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु पिजीजीपान शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चिमतर्फ रहेको नियटोले जनाए।

युएस जीओलोजिकल सर्भेले भूकम्पको गहिराइ ७० किलोमिटर रहेको जनाएको छ। मेक्सिको सिटीमा भवनहरु जोडसँग हल्लिएका थिए र मानिसहरु आत्तिदैँ सडकमा आइपुगेका थिए

भूकम्प लगत्तै मेक्सिकोका साथै छिमेकी देशहरु ग्वाटेमाला, एल साल्भाडोर, कोस्टरिका, निकारागुवा, पानामा र होन्डुरसमा सुनामीको चेतावनी दिइएको छ।
मेक्सिकोमा तीन मिटरसम्मको अग्लो छाल आउन सक्ने बताइएको छ ।

भूकम्पको धक्का मेक्सिको सिटीमा महसुस गरिएको थियो ।त्यहाँ भवनहरु जोडसँग हल्लिएका थिए र मानिसहरु आत्तिदैँ सडकमा आइपुगेका थिए ।
भूकम्पको केन्द्रविन्दुभन्दा एकहजार किलोमिटर पर रहेका मेक्सिको सिटीमा एक मिनेटसम्म धक्का महसुस गरिएको थियो ।मेक्सिकोका लगभग ५ लाख नागरिकहरुले कम्पन महसुस गरेको र मृतकको संख्या बढ्न सक्ने नियटोले बताए।

भूकम्पका कारण दक्षिणी मेक्सिको र पश्चिमी ग्वाटेमालामा धेरै क्षति भएको बताइएको छ ।आपत्काल घोषणा गरिएको चियापस राज्यको तटीय क्षेत्रहरुबाट मानिसहरुलाई स्थानान्तरण गरिएको थियो । यसअघि सन् १९९५ र १९८५ मा मेक्सिकोमा भूकम्प गएका थिए । बिबिसी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!