एमालेलाई गृहमन्त्रीको जवाफ, आम नागरिकको होइन प्रहरीकै बढुवा भएको छ

काठमाडौं । केहि दिनअघि नेकपा एमालेका नेता भीम रावलले संसदमा बोल्दै सरकारले विद्यमान नियम कानुन मिचेर मनपरी कर्मचारी सरुवा गरेको भन्दै सरकारको जवाफ माग गरेपछि गृहमन्त्री जनार्दन शर्माले त्यसको जवाफ दिएका छन् ।

शुक्रवार व्यवस्थापिका संसदको बैठकमा समय लिएर बोल्दै शर्माले सरुवा बढुवामा गृहमन्त्रीले नम्बर दिन पाउने व्यवस्था नभएको जवाफ फर्काएका हुन् ।

मनपरी ढंगले सरुवा बढुवा गरेको भन्दै गृहमन्त्री शर्माले भने, ‘बढुवामा तीन वर्षको नम्बर जोडिँदो रहेछ । गृहमन्त्रीले नम्बर दिन पाउने व्यवस्था नै रहेनछ ।’ गृहमन्त्री शर्माले मूल्यांकन समितिको सिफारिस अनुसार नै बढुवा सरुवा गरेको बताएका छन् ।

प्रमुख प्रतिपक्ष एमालेलाई संकेत गर्दै गृहमन्त्री शर्माले भने प्रहरीकै बढुवा भएको छ । आम नागरिकको होइन । मेरा नातेदार पनि छैनन् ।’ मन्त्रालयले आफ्नो अधिकार अनुसार नै सुरक्षा निकायमा सरुवा तथा बढुवा गरेको प्रष्टीकरण दिएका हुन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!