राज्यमन्त्रीको गाडीले ठक्कर दिदा दुई जना घाइते

काठमाडौं, भदौ २३ । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन ।उनी घटनापछि गाडी नरोकि त्यहाँबाट हिडेका थिए ।

शुक्रबार दिउँसो राजधानीको नयाँ बानेश्वर चोकमा सूचना तथा सञ्चार राज्यमन्त्री विष्ट चढेको गाडीले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका हुन ।

राज्य मन्त्री विष्ट संसद भवनतर्फ आउँदा उनको गाडीले बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मन्त्रीको गाडीको ठक्करबाट सिन्धुपाल्चोक जलवीरेका सहदेव श्रेष्ठ र अञ्जु श्रेष्ठ घाइते भएका छन्।

उनीहरुको नयाँ वानेश्वरको एभरेष्ट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। बानेश्वर चोकमा खटिएका ट्राफिक प्रहरीले दुर्घटनापछि मन्त्री विष्टको गाडीलाई संसद भवनतिर जान दिएका थिए भने मोटरसाइकललाई चोकमा नै राखेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!