मेक्सिकोमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

भदौ २३ । अमेरिकी महाद्वीपमा रहेको मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । प्रशान्त महासागरमा शुक्रबार गएको उक्त ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण सुनामी आउने चेतावनी जारी गरिएको छ ।

मेक्सिकोको पिजिजियापान शहरबाट ८७ किलोमिटर दक्षिण पश्चिममा भूकम्पको केन्द्रबिन्दू रहेको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ । कम्पन ७० किलोमिटर तलबाट भएको थियो ।

दक्षिण–पश्चिम मेक्सिकोमा भूकम्पको झट्कापछि मेक्सिको तटमा जोडिएका ८ वटा देशमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको हो ।

मेक्सिको, ग्वाटेमाला, एल सल्भाडोर, कोस्टारिका, निकारागुवा, पनामा, होन्डुरास र इक्वाडोरलगायतका देशहरुमा सुनामीको खतरा बढेको छ ।

भूकम्पको धक्का मेक्सिकोको राजधानीसम्म महशुस गरिएको थियो । राजधानीका घरहरु हल्लिएका थिए भने मानिसहरुको भागदौड मच्चिएको थियो । भूकम्पको धक्का करीव १ मिनेटसम्म महशुस गराएको थियो ।

कमेन्ट गर्नुहोस्