माओवादी केन्द्र नै पहिलो शक्ति बन्नेछ : पुन

पाल्पा, भदौ २३ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रदेश र संघको निर्वाचनमा माओवादी केन्द्र नै पहिलो नम्बरको शक्ति बन्ने बताएका छन् ।

प्रेस सेन्टर पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै नेता पुनले आगामी मंसिरमा हुन नसकेमा देशमा संवैधानिक संकट उत्पन्न हुने बताएका छन् । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचनपछि माओवादी शक्ति नै पहिलो हुने उनले बताए ।

संवैधानिक संकट उत्पन्न हुनबाट देशलाई जोगाउन पनि मंसिरमा नै निर्वाचन गर्नुको अर्को विकल्प नभएको भन्दै तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुने उनले बताए । संविधान कार्यान्वयनका लागि सबै तहबाट सहयोग गर्नुपर्ने पनि उनले बताएका छन् ।

शान्तिपूर्ण र मर्यादितरुपमा मंसिरमा निर्वाचन गराउन सरकारलाई राजनीतिक दल, नागरिक समाज र सञ्चारलगायत सबै क्षेत्रको सहयोग चाहिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!