खोइ निर्वाचन आचारसंहिता ?

काठमाडाै, भदाै २३ । आगामी असोज २ गते हुने भनिएको प्रदेश नम्बर २ को निर्वाचनका लागि दल वा उम्मेदवारले आचारसंहिताको उल्लंघन गरे ठाउँको ठाउँ कारवाही गर्ने भनि निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यसअघिका पहिलो र दोस्रो चरणको निर्वाचनका आचार संहिता उल्लंघन भएको र उनीहरुलाई कारवाही समेत नभएको टिकाटिप्पणीहरु व्यापक आउन थालेपनि तेस्रो चरणको निर्वाचनमा भने ठाउँको ठाउँ कारवाही गरिने घोषणा त ग¥यो आयोगले । तर नजिकिँदै गरेको स्थानीय चुनावमा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भइरहेको अनुगमनकर्ताहरुले बताएका छन् ।

आचारसंहिता विपरीत भड्किलो प्रचार प्रसारमा उत्रिएको देखिएका कैयौं उम्मेदवारले भारतीय नम्बर प्लेटका गाडीसहित अनेकौं गाडी प्रयोग गरिरहेका छन् ।विद्यालयहरुमा सभा सम्मेलनहरु भइरहेका छन् ।

प्रचारप्रसारमा बालबालिकाको पनि प्रयोग भएको देखिएकाे छ। त्यत्रा घटनाहरु निर्वाचन आयोगले नदेखेकै होला त ?

निर्वाचन आचारसंहिता कागजको खोस्टो बनेको देखिन्छ। निर्वाचन आयोग आचारसंहिता उल्लंघन हुँदा समेत मूकदर्शक बसेको छ ।

आयोगले आचारसंहिता उल्लंघनका छिटपुटबाहेकका घटना नभएको बताएको भन्दै घटनाप्रति आँखा बन्द गरी बसेको छ । ठाउँको ठाउँ कारवाही गर्ने भन्दै तातेको आयोग अहिले सत्तारुढ र विपक्षी दल दुवैका उम्मेदवारहरुले आचार संहिताको पालना नगरेपछि सेलाएको छ ।

कमेन्ट गर्नुहोस्