पाँच मेयर कोरियातिर

पोखरा, भदौं २३ । पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख कोरिँदा जाँदै छन् । दक्षिण कोरियाको डेजन सिटीमा हुन गइरहेको एशिया प्यासिफिक सम्मेलनमा भाग लिन उनीहरु त्यसतर्फ जान लागेका हुन् ।

जिसीसहित काठमाडौँ, धरान, धुलिखेल र नवलपरासीका प्रमुख र अन्य गरी १० जना सम्मेलनमा जाने प्रमुख जिसीका प्रेस सहयोगी लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

सम्मेलनमा करिब २० देशका सयभन्दा बढी प्रमुखबीच एक आपसमा छलफल तथा अन्तक्र्रिया हुनेछ । उहाँहरु भदौ २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!