चितवनबाट चुनाव लड्दैछु: प्रचण्ड

भरतपुर, भदौ २३ । पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले अागामी निर्वाचनमा अाफू चितवनबाट चुनाव लड्ने घाेषणा गरेका छन् ।

प्रेस सेन्टरले भरतपुरमा अायाेजना गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, “बीरगञ्ज बैठकबाट म चितवनमा चुनाव लड्ने निर्णय भएकाे छ। चितवन देशकाे एउटा विशिष्ट जिल्ला हाे, यसकाे राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ। त्यसैले म चितवनबाट चुनाव लड्दैछु।”

म समग्र देशकाे अनुभव लिएर चितवन अाउदैछु, समग्र चितवनलाई उत्कृष्ट शहर बनाउन सकिन्छ। यसकाे दीर्घकालिन विकासकाे गुरुयाेजना बनाउँदैछु।”

भरतपुरलाई स्मार्ट सिटी मात्रै नभएर उत्कृष्ट शहर बनाउनुपर्छ। मैले यसबारे चीनियाँहरुसँग पनि कुरा गरेकाे छु। छिटै यसकाे गुरुयाेजना बन्छ। चितवन देशकै राजनीतिक र अार्थिक गतिविधिकाे केन्द्र हाे, यसलाई देशकै उत्कृष्ट जिल्ला बनाउने सपना छ।

नदी नियन्त्रण र व्यवस्थापन, निकुञ्ज व्यवस्थापन, कृषिकाे अाधुनिकिकरण, प्राविधिक शिक्षाकाे गुणात्मक विकास, रिङ राेड, सञ्चार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेकाे छु प्रचण्डले भने ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!