निर्वाचनमार्फत नेपाल स्थिर होस् : चीन

काठमाडौं, भदौ २३ । चीनका प्रधानमन्त्री लीले नेपालको स्थायित्व चीनको चासो भएको बताएका छन् ।

उपप्रधानमन्त्री कृष्णबहादुर महरासँगकाे औपचारिक वार्तामा सहभागी अधिकारीका अनुसार प्रधानमन्त्री लीले आसन्न निर्वाचनमार्फत नेपालले स्थायित्व हासिल गर्ने विश्वास व्यक्त गरेका हुन् ।

महराले निर्वाचनमार्फत नेपालले शान्ति, स्थिरता र आर्थिक विकासको बाटो समात्ने विश्वास दिलाएका थिए । महराले चिनियाँ प्रधानमन्त्रीसँग चीनसँगको सम्बन्धबारे नेपालमा सबै पार्टीहरू एकै ठाउँ उभिएको र चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताए ।

‘नेपाल–चीन सीमापार रेल्वे परियोजनालाई राष्ट्रिय प्राथमिकता आयोजनाका रूपमा अघि बढाउन नेपालका विपक्षीसहित सबै प्रमुख राजनीतिक दलहरूबीच साझा सहमति रहेको सन्देशसहित म आएको छु,’ नेपाली दूतावासका अनुसार महराले चिनियाँ प्रधानमन्त्रीसँग भने ।

भेटमा दुवै पक्षबीच सो परियोजनाको प्राविधिक पक्ष चाँडै टुंगो लगाउने सैद्धान्तिक सहमति पनि भएको छ । उच्चस्तरीय भ्रमण आदानप्रदानमा पनि दुवै पक्ष सहमत भएको छ । ‘अरनिको राजमार्ग शीघ्र सञ्चालनमा ल्याउनुपर्छ भन्ने नेपालको दृष्टिकोण मैले राखेँ । हामी विद्यमान सीमा–नाकाको स्तरोन्नति गर्ने तथा नयाँ नाका खोल्ने विषयमा पनि सहमत भएका छौँ,’ महराले भने ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!