२ नं. प्रदेशमा ३६७३ को उम्मेदवारी

काठमाडौं, भदौ २२ । २ नम्बर प्रदेशका आठ जिल्लाका १ सय ३६ स्थानीय तहका विभिन्न पदमा ३६ हजार ७३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनय दर्ताका लागि समय तोकिए पनि बुधबार
विहान ११ बजे मात्रै सो कार्य सकिएको निर्वाचन आयोगले जनाएको छ ।

तेस्रो चरण अन्तर्गतका २ नम्बर प्रदेशका १ महानगर, ३न उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा आगामी असोज २ गते मतदान हुँदैछ । स्थानीय तहको प्रमुख एवं अध्यक्षमा एक हजार ७ सय ८३, उपप्रमुख एवं उपाध्यक्षमा एक हजार १ सय ३०, वडाध्यक्षमा ८ हजार १८ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, खुला सदस्यमा १३ हजार ७७, महिला सदस्यमा ६ हजार ३ सय ६० र दलित सदस्यमा ५ हजार ७ सय ५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख एवं अध्यक्षमा सबैभन्दा बढी सर्लाहीमा २ सय ३० उम्मेदवारी परेको छ भने रौतहटमा सवैभन्दा कम १ सय ४६ जनाको उम्मेदवारी परेको आयोगको तथ्याङ्क छ ।

आगामी असोज २ गते हुने निर्वाचनको मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको आयोगको भनाई छ । असोज २ गते हुने तेस्रो चरणको निर्वाचनबाट प्रदेश नम्बर २ का ८ जिल्लामा ६ हजार ६ सय २७ जन प्रतिनिधी निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!