कानुन अभावमा जनताका काम गर्न सकिएन : मेयर विद्यासुन्दर

काठमाडौं, भदौ २२ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार पत्रकार सम्मेलन गरी चुुनाबका बेला आफूले गरेका १०१ प्रतिवद्धता कार्यान्वयनको चरणमा रहेको दाबी गरेका छन् ।

चुनाव ताका सय दिनमा १०१ काम गर्ने प्रतिबद्धता गरेका मेयर शाक्यको चौतर्फी आलोचना भएपछि पत्रकार सम्मेलन गरेर आफूले गरेका कामको फेहरिस्ता प्रस्तुत गरेका छन् ।

१०१ प्रतिवद्धता नै कार्यान्वयन चरणमा रहेको जिकिर गरेका मेयर शाक्यले सय दिनमा अपेक्षाअनुरुप काम गर्न नसकिएको भने स्वीकार गरेका छन । ‘स्थानीय तहका लागि केन्द्रबाट आवश्यक कानुनहरु आएका छैनन्’ उनले भने, ‘संविधानले सुरक्षित गरेका एकल अधिकार समेत प्रयोगमा ल्याउन कानुनी जटिलता छ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!