बालिका अपहरण गरी बलात्कार गर्ने अभियुक्त पक्राउ

हेटौंडा, भदौ २२ । बालिका अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बालिकालाई अपहरण गरी जंगलमा लगेर बलात्कार गर्ने मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–८ घर भइ हाल हेटौंडा–९ लामसुरे बस्ने २९ वर्षीय श्रीराम कार्कीलाई बिहीबार सार्वजनिक गरेको हो ।

कार्कीले गत भदौ ३ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ लामसुरेबाट एक बालिकालाई फकाइ–फुलाइ अपहरण गरी जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त कार्कीले अपराध स्वीकार गरिसकेकाले उनलाई आवश्यक कारबाहीका लागि अदालतमा पेस गरिने बिहीबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!