गृहमन्त्री शर्माले भने-मधेसी जनता मतदानका लागि सचेत र आतुर छन

काभ्रे, भदौ २२ । गृहमन्त्री जनार्दन शर्माले प्रदेश नं २ का नागरिक मतदानका लागि सचेत र आतुर रहेकाले कुनैपनि शक्तिले त्यसमा बाधा सृजना गर्न नसक्ने बताएका छन ।

नागरिक आफैै निर्वाचनका लागि तयार भएकाले आगामी असोज २ गते स्थानीय तह तेस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने उनको दावी छ ।

बिहीबार काभ्रेको धुलिखेलमा आयोजित ‘संघीयतामा आन्तरिक सुरक्षाः चुनौती र आगामी रणनीति’ विषयक अन्तरक्रियामा स्थानीय तह तेस्रो चरणको निर्वाचनमा सबै राजनीतिक दल चुनाबमा सहभागी भएकाले त्यस्तो ठूलो सुरक्षा चुनौती नभएको गृहमन्त्री शर्माले बताए ।

राजनीतिक दलहरुबीचको अस्वस्थ प्रतिस्पर्धा, पार्टीको आन्तरिक प्रतिस्पर्धा र निर्वाचनमा भाग लिन नचाहने शक्तिका गतिविधीलाई सामान्य चुनौतीको रुपमा लिनुपर्ने मन्त्री शर्माले बताए ।

खुल्ला सिमानाका कारण केही समस्या हुनसक्ने भएपनि त्यस सम्बन्धमा छिमेकी देशसँग छलफल भइसकेको जानकारी दिए । मधेसी जनता मतदानका लागि आतुर रहेकाले कुनैपनि शक्तिले त्यसमा चुनौती दिन नसक्ने उनको दावी थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!