बेइजिङमा महरा द्विपक्षीय छलफलमा व्यस्त, केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलवे छिट्टै थाल्ने

काठमाडौं, भदौ २२ । राजनीतिक भ्रमणको क्रममा चीनमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राजनीतिक भेटघाट शुरु गरेका छन । मन्त्री महराले बिहीबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका हुन ।

भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा महराले अन्तरदेशीय रेललाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउन नेपालका मुख्य राजनीतिक दलहरु सहमत भएको जानकारी दिएका थिए । यसअघि भएको नेपाल र चीनबीच व्यापार तथा पारबहन सम्झौताको प्रोटोकललाई छिट्टै टुंगाउने सहमति भएको छ ।

महराले भेटमा आफू र वाङ यीबीच केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलवेको सम्भाव्यता अध्ययन छिट्टै थाल्नेबारे छलफल भएको जानकारी दिए । साथै वान बेल्ट वान रेड अवधारणा अन्तर्गत नेपालमा भौतिक पूर्वाधारका साथै रेलवे र रोडसहित क्रस बोडर कनेक्भिटिभी, व्यापार, पर्यटन र लगानी बृद्धि हुने विश्वास नेपालले लिएको उनले बताए ।

भेटमा दुई देशबीच उच्चस्तरको भ्रमण आदान प्रदानबारे छलफल भएको उपप्रधानमन्त्री महराले बताए । साथै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण र चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनको प्रगतिको पनि समिक्षा भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!