अबैध सुनसहित एक विदेशी विमानस्थलमा पक्राउ

काठमाडौं, भदौ २२ । प्रहरीले एक किलोग्राम अबैध सुनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु चेकजाँचका क्रममा ताइबानी नागरिक चिएचुन चाङलाई एक किलो सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

उनी क्याथे ड्रागन एयरको उडानद्वारा हङकङबाट विमानस्थलमा आएका थिए । झोलाभित्र लुकाएको सुन भन्सारमा चेकजाँचका क्रममा पत्ता लागेको हो । भन्सार कार्यालयले चाङलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

गएको आइतबार सीआइबीले ८८ किलो सुन बरामद गरेको थियो । त्यसको एक साता नपुग्दै विमानस्थलमा पनि अबैध सुनसहित एक विदेशी नागरिक पक्राउ परेपछि नेपालमा सुन तस्करीमा ठूल्लै गिरोह सक्रिय रहेको अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!