एमाले ढुलमुले चरित्रको मधेसप्रति अनुदार पार्टी : राजपा

काठमाडौं, भदौ २२ । आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बिहीबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।

पार्टीको अध्यक्ष मण्डलका पाँच जना सदस्यले सार्वजनिक गरेको घोषणापत्रमा प्रमुख तीन दलका कारण देश अनिर्णयको बन्दी भएको आरोप लगाएको छ।

राजपा घोषणापत्रमा एमाले र माओवादी केन्द्रप्रति आक्रामक देखिएको छ । भने कांग्रेसप्रति केही नरम । राजपाले घोषणापत्रमा लेखेको छ, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि संघीयता र समावेशी लोकतन्त्र प्रति प्रतिवद्ध छैन। मधेसमैत्री समेत होइन ।’ त्यस्तै नेकपा एमालेबारे लेखेको छ, ‘नेकपा एमाले संघीयता र समावेशिकरणको विरोधमा रहेको, ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार। यसको नेतृत्व प्रखर मधेस विरोधी पनि छन्।’

त्यस्तै नेकपा माओवादी केन्द्रबारे लेखेको छ, ‘नेकपा माओवादी केन्द्र लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी हो। शक्तिका बलमा सत्ता कब्जा गर्ने नीति बाट यो पार्टी सञ्चालित छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!