जलविद्युत आयोजनाका काम चाँडै सक्न ऊर्जामन्त्रालयले दियाे यस्ताे निर्देशन

काठमाडौं, भदौ २२ । ऊर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गतका कम्पनिहरुबाट निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएको छ ।

जलविद्युत आयोजनाहरुको पछिल्लो अबश्थाबारे जानकारी लिन मन्त्रालयले आयोजना गरेको बैठकमा ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीले जलविद्युत आयोजनाहरुमा देखिएको समस्याबारे आफूले पहल गर्ने भन्दै गम्भिरतापूर्वक तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्री शाहीले जलविद्युत आयोजनाहरु समयभित्रै सम्पन्न भए माग अनुसारको विद्युत आपूर्ती गर्न सकिने बताए । नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गत रहेका ११ वटा जलविद्युत आयोजनाहरुका प्रमुखहरुसंग आयोजनाहरुको प्रगति विवरणबारे मन्त्री शाहीले जानकारी लिएका छन् ।

सरकारी लगानीमा माथिल्लो तामाकोशी , चमेलिया , कुलेखानी तेस्रो , रहूघाट, माथिल्लो त्रिशुली थ्रि ए, तल्लो सन्जेन, माथिल्लो सन्जेन, रसुवागादी, मध्ये भोटेकोशी, तनहुँ र माथिल्लो त्रिशुली थ्री बि जलविद्युत आयोजनाहरु निर्माण भईरहेका छन् ।

यी आयोजनाका प्रमुखहरुले बैठकमा वन, स्थानीय जनताको मुआब्जा वितरण र ठेकेदारबाट देखीएका समस्याहरु प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!