‘छक्का पञ्जा २’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

सफल चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल चलचित्र ‘छक्का पञ्जा २’ को ट्रेलर सार्वजनिक भएको छ । ज्यातिसीको समयअनुसार बुधवार साँझ चलचित्र ‘छक्का पञ्जा २’ को ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।

पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक–दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।

ट्रेलर हेर्न

कमेन्ट गर्नुहोस्

error: Content is protected !!