उपेन्द्र यादवले भने, ‘मलाई गद्दार भन्नेहरु नै गद्दार हुन्’

पर्सा, भदौ २२ । संघिय समाजावादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हिजोका दिनमा आफूलाई गद्दार भन्नेहरु नै गद्दार भएको खुलासा गरेका छन् ।

पर्साको वीरगञ्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले
अहिलेसम्म आफूले चालेको कदम ठिक रहेको दाबी गर्दै भने, ‘मलाई गद्दार भन्ने पार्टी तथा नेताहरु अहिले मेरै बाटोमा हिँडिरहेका छन् । ममाथि आरोप लगाउनेहरु नै गद्दार हुन् ।’

मधेश आन्दोलन र मधेश बिद्रोहबाट पाएको उपलब्धिलाई संस्थागत गर्न आफू निर्वाचनमा सहभागी भएको अध्यक्ष यादवले बताएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!