एउटै नगरपालिकामा मेयर र उपमेयरका लागि श्रीमान र श्रीमतीको उम्मेदवारी

धनुषा, भदौ २२ । धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयर पदका लागि एउटै पार्टीका श्रीमान र श्रीमतीले उम्मेदवारी दर्ता गराएका छन् ।

मेयर पदका लागि श्रीमान रामआशिष यादवले उम्मेद्वारी दिएका छन् भने उपमेयर पदका लागि श्रीमती आरतीदेवी यादवले उम्मेद्वारी दर्ता गराएका छन् ।

उनीहरु दुबै जना पशुपतिशम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उम्मेद्वार हुन् । रामआशिष धनुषा निर्वाचन क्षेत्र नम्बर २ का अध्यक्ष हुन् भने आरती सोहि कमिटीमा सदस्य पदमा रहेको छिन् ।

केहि समयअघि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट फुटेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!