औषधि छैन स्वास्थ्य संस्थामा

तेह्रथुम, भदौ २२ । तेह्रथुमका स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको पनि अभाव भएको छ ।

आर्थिक वर्ष शुरु भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले औषधि अभाव भएको हो । स्थानीय तह आफैँले औषधि खरिद गर्नुपर्ने व्यवस्था रहेको भन्दै कार्यालयले औषधि पठाएको छैन ।

कार्यालयले औषधि पठाउन छाडेपछि दुई महिना यता दैनिक अत्यावश्यक औषधि अभाव भएको चुहानडाँडा स्वास्थ्य चौकीका इन्चार्ज सुशील इङ्नामले बताए । “दुई महिनायता औषधि सकिएको छ, निःशुल्क पाइने ३९ मध्ये अहिले दुई तीनवटा औषधि मात्रै उपलब्ध छ”, उनले भने, ‘आठराई गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ, यसबारे कसैको चासो देखिएको छैन ।’

हाल दैनिक २० देखि ३० जनासम्म बिरामी नियमित रुपमा उपचारका लागि आउने गरेको उनी बताउछन् ।

स्वास्थ्य चौकीमा अहिले निःशुल्क दिने अस्थायी साधन पिल्स र डिपो तथा झाडापखाला लाग्दा सेवन गर्ने जीवनजलबाहेक केही नभएको स्वास्थ्य चौकीका अहेव डम्बर अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!