मधेशका केहि नेता केहिबेरमा माअाेवादी केन्द्रमा प्रवेश गर्दै  

काठमाडौं, भदौ २२ ।  मधेशका केहि नेता केहिबेरमा माअाेवादी केन्द्रमा प्रवेश गर्दै छन् ।  बिहान साँडे ९ बजे अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा मधेशका राजनीतिक तथा सामाजिक अगुवाहरुकाे महत्वपूर्ण पार्टी प्रवेश कार्यक्रम छ ।

यसअघि प्रचण्डले चमत्कारै गरेजस्ताे गिर ८ दिन मधेस बसार्इका क्रममा १०० कार्यक्रम सहभागी भएर १९००० पार्टीमा प्रवेश गराएका थिए ।  तराई–मधेशमा आएको भीषण बाढीले पुर्याएको क्षति अवलोकन र २ नम्वर प्रदेशमा निर्वाचनको वातावरण बनाउने सोचका साथ अध्यक्ष प्रचण्ड पार्टीका शीर्ष नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा बादल’लाई लिएर भदौ १२ गते बिहान काठमाडौंबाट मधेशका लागि प्रस्थान गरेका थिए ।

८ दिन लामो मधेश अभियानका क्रममा बाढी प्रभावित क्षेत्रको अवलोकन, राहत बितरण, पार्टी प्रवेश, आन्तरिक बैठक र प्रशिक्षण लगायतका कार्यक्रम सम्पन्न गरी भदौ १९ गते दिउँसो अध्यक्ष प्रचण्ड काठमाडौं अाएका हुन् ।  ८ दिन लामो मधेश बसाईका क्रममा मधेशमा १९,००० जनाभन्दा बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे भने माओवादीका पक्षमा मधेशमा जनलहर पनि देखिएको छ ।

याे पनि पढाैँ  

प्रचण्ड चमत्कार, ८ दिन, १०० कार्यक्रम, १९००० प्रवेश 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!