प्रदेशका आधारमा इम्बोष्ड नम्बर प्लेट वितरण गर्न निर्देशन

काठमाडौं, भदौ २१ । व्यवस्थापिका–संसदको विकास समितिले सवारी साधनको इम्बोष्ड नम्बर प्लेट प्रदेशका आधारमा वितरण गर्न सरकारलाई निर्देशन दिएको छ ।

केही समय अघिदेखि प्रचलनमा ल्याइएको इम्बोष्ड नम्बर प्लेट यातायात ब्यवस्था बिभागले अञ्चलका आधारमा वितरण सुरु गरेपछि त्यसलाई संघीय संरचना अनुसार वितरण गर्न समितिले बुधबार निर्देशन दिएको हो ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले इम्बोष्ड नम्बर प्लेटमा प्रदेशको नाम समावेश गर्न मिल्ने गरी व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देशन दिएको हो ।

त्यसैगरी, नम्बर प्लेटमा नेपाली अक्षर राख्न नमिल्नुको कारणबारे ७ दिनभित्र समितिलाई जानकारी गराउन पनि निर्देशन दिएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्