टिकटका विषयमा विवाद : कांग्रेसमा खुकुरी हानाहान, १० घाइते

सिराह । आगामी असोज २ गते हुने स्थानीय तहको चुनाबमा टिकटका विषयलाई लिएर नेपाली कांग्रेस सिराहमा विवाद हुँदा खुकुरी हानाहान भएर १० जना गम्भीर घाइते भएका छन ।

बुधबार सिराह नगरपालिकाको मेयरमा कांग्रेसले पार्टी कोषाध्यक्ष सितादेवी यादवको छोरा डा. सुवासचन्द्र यादवलाई उठाउने भएपछि पार्टी कार्यालयमा भएको खुकुरी हानाहानमा कांग्रेसका १० कार्यकर्ता घाइते भएका छन् ।

सिरहा क्षेत्र नम्बर ३ का सभापति संजयप्रकाश यादवले मंगलवार साँझ पार्टी कार्यालयमा सिरहा नगरपालिकामा सिफारिस भएका वडा अध्यक्षहरुको लागि मनोयन पत्र लिन पुुगेका थिए । तर, उनलाई कार्यालयका सचिव रामबाबु यादवले दिएनन् । बुुधवार पुनः मनोयन पत्रका लागि जाँदा पनि कार्यालय सचिव रामबाबु यादवले विवाद गरेपछि झडप भएको सिरहा नगरपालिका मेयरका उम्मेदवार डा यादवले जानकारी दिए ।

उम्मेदवारी दर्ता गर्ने क्रममा पार्टी सचिव उपेन्द्र यादवले सुवाचन्द्रको विरोध गरेपछि विवाद बढेर झडप भएको बताइएको छ । यादवले सिरहा नगरपालिकामा मेयरको दाबी गरेका थिए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप तनाब हुन सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!