सामाजिक सेवा दिवसको बिशेष तयारी, राष्ट्रपति भण्डारी मुख्य अतिथि

काठमाडौं, भदौ २१ । बिगत दुई वर्षदेखि निरन्तरता पाउन नसकेको रास्ट्रिय सामाजिक सेवा दिवस यस वर्ष मानाईने भएको छ ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्री तथा परिषदका अध्यक्ष आशा कोईरालाकोनेतृत्वमा आगामी असौज ६ गते सामाजिक सेवा दिवस मनाउने निर्णय गरेको हो ।

परिषदले दिवस भव्यतापूर्वक मनाऊन मन्त्री कोईरालाको अध्यक्षतामा ५१ सदस्यीय मूल समारोह समितिको गठन गरेको छ ।

मूल समारोह समितिको आज बसेको बैठकले तयारीका लागि बिभिन्न उप समिति निर्माण गरेको छ । परिषद, बिभिन्न मंत्रालय, नेपाली सेना, नेपाल प्रहरी, अपांग, जेष्ठ नागरिक, बिभिन्न समुदायका छाता संस्थाहरू सम्मिलित मूल समारोह समितिले ६ गते बिहान प्रभातफेरी गर्ने र त्यासपछि औपचारिक कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ ।

कार्यक्रमको मुख्य अतिथि सम्माननीय राष्ट्रपति बिध्यादेवी भण्डारी रहनु हुने छ ।

कार्यक्रममा सामाजिक सेवा पुरस्कार तथा तुलसी मेहर सामाजिक पुरस्कार समेत प्रदान गरिनेछ ।

तुल्सीमेहर पुरस्कार राशी एक लाख नगद र प्रमाणपत्रसहित देशभरिबाट सामाजिक क्षेत्रमा सेवा दिने सामाजिक संस्थालाई प्रदान गरिनेछ । सामाजिक सेवा पुरस्कार भने ७ जना व्यक्तिलाई प्रदान गरिने समितिले निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!