जिप दुर्घटनामा घाइते ८ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठायो

मनाङ, भदौ २१ । मनाङको नेस्याङ गाउँपालिका स्वर्गद्धारीमा मंगलबार भएको जीप दुर्घटनामा परि गम्भीर घाइते भएका आठ जनालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।

घाइतेहरुलाई थप उपचारका लागि नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरबाट वुधबार काठमाडौंको ग्राडी अस्पतालमा लगिएको छ ।

मनाङका सहायक प्रमख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले भने विरामीलाई विहान ११ बजे हेलिकप्टरमार्फत थप उपचारका लागी काठमाडौं लगिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!