चन्द्रपुर नगरपालिकाको मेयरमा ओली र नेपालका दुई आधिकारीक उम्मेदवार

रौतहट, भदौ २१ । रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका दुई नेताले पार्टीको आधिकारिक टिकट लिएर आएपछि कार्यकर्तामा अन्यौल छाएको छ ।

उम्मेदवारद्वय उद्दव रेग्मी र बाबुराम दाहाल दुवैले टिकट लिएर गएपछि कार्यकर्ता आक्रोशित भएका छन् । दुवैले प्रदेश नम्बर २ संगठन कमिटीका संयोजक सत्यनारायण मण्डलको हस्ताक्षरमा पार्टीको आधिकारीक टिकट पाएका छन ।

पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्लामा यस्तो अन्यौल भएपछि कार्यकर्ता रुष्ट भएका छन् । टिकट लिएकामध्ये दाहाल माधव नेपाल पक्षका हुन् भने रेग्मी पार्टी अध्यक्ष केपी ओली शर्मा पक्षका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!