दरबारमार्गका केही पसलमा सिलबन्दी, ठगी गर्न नपाएको विरोधमा प्रदर्शनमा व्यवसायी

काठमाडौं, भदौ २१ । सरकारले बुधबार फेरि बजार अनुगमन गरी दरबारमार्गका केही पसलमा सिलबन्दी गरेको विरोधमा व्यवसायी पसल बन्द गरेर प्रदर्शनमा उत्रिएका छन ।
व्यवसायीहरुको विरोधका कारण दरवारमार्ग क्षेत्रको आवागमनमा केही समय समस्या भएको थियो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सम्बन्ध समितिले दरबारमार्गका पसलहरुमा अनुगमन गर्न शुरु गरेपछि व्यवसायीहरुले सटर बन्द गरेका थिए ।

सरकारी टोलीले अनुगमनका क्रममा १ हजार ५ सय रुपैयाँ मूल्यको घडीलाई ११ हजार र १ लाख २० हजार रुपैयाँ मूल्यको घडीलाई २ लाख ५० हजार रुपैयाँसम्म बेचेको भेटिएपछि वाच एण्ड सी, सुलक्स लेभिज र बोसेनीमा सिल गरेको हो ।

गएको सोमबार आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वको अनुगमन गरी दरवारमार्गका चार पसलमा सिलबन्दी गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!