पत्रकार बने पार्टीबाट मेयरका दावेदार

धनुषा, भदौं २१ । नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष उमेश कुमार साह तेस्रो चरणको स्थानीय निर्वाचनमा नयाँ शक्ति पार्टीबाट मेयरका लागि उम्मेदवार बनेका छन् । जनकपुर उपमहानगर पालिकाको मेयर पदका लागि उनले उम्मेदवारी दिएका हुन् ।

उनीलगायत मेयर पदमा अहिलेसम्म ६ जनाको उम्मेद्वारी परेको छ । यस्तै उप– मेयरमा १० जनाले उम्मद्वारी दिएका छन् । विभिन्न पदमा उम्मेद्वारी दर्ता प्रक्रिया जारी छ । आज विहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया अझै जारी छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!