सामूहिक बलात्कार गर्दा महिलाको मृत्यु

बनेपा, भदौ २१। सामूहिक बलात्कारका कारण मृत्युको शिकार बनेकी एक महिलाको मृत्युसम्बन्धी घटनाका अभियुक्तलाई सार्वजनिक गरिएको छ ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ ग¥यो अनि रहस्य खुल्यो । ती महिलालाई सामुहिक बलात्कार पछि अचेत भएकी थिइन् र सोही अचेत अवस्थामै उनको मृत्यु भएको रहेछ ।

जिल्ला प्रहरी कार्यालयले अभियुक्तलाई आज सार्वजनिक गर्न आयोजित पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।

अझै विष्तृत अनुसन्धान भइरहेको र घटनामा संलग्नहरुलाई अरु पनि हुनसक्ने अनुमान प्रहरीको छ । प्रहरीले उनीहरुको पनि खोजी कार्य जारी राखेको जनाएको छ ।

बनेपामा जडान भएको सिसी टिभी क्यामेराको सहयोगमा खोजी गर्दा अभियुक्तहरुलाई फरक फरक मितिमा फरक फरक स्थानबाट एक साताको अवधिमा पक्राउ गरिएको थियो । पक्राउ परेका सबै अभियुक्तले प्रहरीलाई बलात्कारमा संलग्न भएको बयान दिएका छन् ।

रिक्सा चलाउने, प्लम्बर कार्यमा संलग्न भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने महेश परियार, सिन्धुपाल्चोकको मेलम्ची–१४ बस्ने ३२ वर्षीय कुलबहादुर भन्ने सीताराम थापा, रामेछापको लखनपुर–१ बस्ने २४ वर्षीय प्रकाश परियार र सोही जिल्लाको नाग्रेगर्गचे–१ बस्ने सञ्जय भन्ने ३३ वर्षीय दिलबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टा नजिकै एक साताअघि मकैबारीमा मृत अस्थामा फेला परेकी बनेपा–१० बस्ने ५७ वर्षीय नानु आलेमगरमाथि सामूहिक बलात्कार भएको थियो । उनीसँग अभियुक्तहरुको विगतमा पनि यौन सम्बन्ध कायम रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!