प्राधिकरणलाई भ्रष्टहरुले विगारे : सञ्चारमन्त्री

काठमाडौं, भदौ २१ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दूरसञ्चार कम्पनी लिमिटेडले जनतालाई भनेजस्तो सेवा सुविधान दिन नसकेको
प्रति दुःख व्यक्त गरेका छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री बस्नेतले भ्रष्ट कर्मचारीका कारण जनताको विश्वास गुमाउँदै गएको गुनासो बताए । उनले दूरसञ्चार कम्पनीले भनेजस्तो काम गर्न नसकेको आरोप पनि लगाए भने सेवा विस्तार गरी गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन पनि दिएका छन् ।

मन्त्री बस्नेतले गलत काम गर्ने कर्मचारीको निगरानी भइरहेको भन्दै त्यस्ता कर्मचारीले आफूलाई सुधार नगरे कारबाही गर्ने चेतावनी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!