कोरियन भाषा उत्तीर्णहरुको स्वास्थ्य परीक्षण कात्तिक १२ देखि (केन्द्रको नामावलीसहित)

काठमाडौं, भदौ २१ – कोरियन भाषा परीक्षामा उत्तीर्ण भएकाहरुका लागि अनिवार्य रहेको स्वास्थ्य परीक्षणको सूचना प्रकाशित भएको छ ।

आज प्रकाशित सूचना अनुसार, परीक्षा उत्तीर्ण भएकाहरुको स्वास्थ्य परीक्षण आउँदो कात्तिक १२ गते देखि २० गतेसम्म हुने भएको छ । त्यस्तै रोजगार आवेदन फारम कात्तिक १६ गतेदेखि २४ गते सम्म भर्न सकिनेछ ।

परीक्षा केन्द्र नम्बर २६ मा परीक्षा दिन वञ्चित भएर असार २१ देखि २९ गतेसम्म लिइएको परीक्षामा उत्तीर्णहरुको भने कात्तिक २० गते कोरिया नेपाल मैत्री अस्पताल ठिमीमा स्वास्थ्य परीक्षण हुनेछ । उनीहरुले कात्तिक २४ गते रोजगार आवेदन भर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्