कांग्रेसका दुई पक्षबीच पार्टी कार्यालयमै झडप, २ घाइते

काठमाडौं, भदौ २१ । आगामी तेस्रो चरणको स्थानीय निर्वाचनका लागि टिकट वितरणका विषयमा विवाद भई उग्र रुप लिएपछि नेपाली कांग्रेसका दुइ पक्षबीच झडप भएको छ । झडपमा २ दुई घाइते भएका छन् ।

सिरहा नगरपालिका वडा नम्बर २ र १५ को वडा अध्यक्ष र सदस्यको टिकट वितरणका विषयमा कांग्रेसमा विवाद मच्चिएको थियो ।

कांग्रेसको जिल्ला पार्टी कार्यालय सिरहामा भएको झडपमा परेर रामबाबु यादव र सञ्जयप्रकाश यादव घाइते भएको सिरहास्थित थाहाखबर संवाददाता मणिलाल विश्वकर्माले जनाएका छन् । कांग्रेसकी केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव र जिल्ला सभापति रामचन्द्र यादव पक्षधरबाीच झडप भएको हो ।

दुवैको सिरहा अस्पतालमा उपचार भइरहेको छ। सिरहा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. शुभाषचन्द्र यादवले उम्मेदवारी दिएका छन् । दुवै पक्षले मिलेर टिकट वितरण गर्ने भने पनि एकपक्षीय रुपमा टिकट वितरण गरिएको भन्दै अर्को पक्ष आक्रोशित बनेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!