नयाँ शक्तिपछि रित्तिंदै राजपा, अध्यक्ष मण्डलका सदस्य पनि माओवादी केन्द्रमा

महोत्तरी । आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि महोत्तरी जिल्लाका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक सदस्यले पार्टी परित्याग गरेका छन्। राजपा महोत्तरी जिल्ला अध्यक्ष मण्डलमा तराई मधेश सद्भावना पार्टी (महेन्द्र राय) तर्फबाट जिल्ला अध्यक्षका रुपमा रहेका नरेन्द्र यादवलाई राजपाले टिकट नदिएपछि पार्टी परित्याग गरेका हुन् ।

उनले पार्टी परित्याग गरेलगत्तै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। गएराति उनलाई माओवादीका नेता रामबहादुर थापा बादलले महोत्तरीको औरही नगरपालिकामा पुगेर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशसँगै उनलाई नेता थापाले औरही नगरपालिकाको उम्मेदवार घोषणा गरेका छन्। उनलाई माओवादीबाट नगरपालिका प्रमुखको टिकट दिइएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!