प्रदेश नं.४ को नयाँ शक्ति विद्यार्थी युनियनमा महासचिवमा इञ्जिनियरिङ्गका लामिछाने

काठमाडौं, भदौ २१ । नयाँ शक्ति विद्यार्थी युनियन प्रदेश नं.४ को सम्मेलन मंगलबार सम्पन्न भएको छ ।

पोखराको ह्वाइट हाउस पार्टी प्यालेसमा भएको सम्मेलनले सुनील पौडेलको नेतृत्वमा ४१ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । समितीको महासचिवमा इञ्जिनियरिङ्ग अध्ययन संस्थानका संगीत लामिछाने र कोषाध्यक्षमा नवलपुरका श्रीकृष्ण चापागाई निर्वाचित भएका छन ।

उक्त कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य देवेन्द्र पराजुली, देवी सुवेदी, विद्यार्थी नेता रेशम सापकोटा लगायतले सम्वोधन गरेका थिए । उक्त कार्यक्रम प्रदेश संयोजक सुनील पौडेलको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!