प्रदेश नम्बर २ मा  उम्मेदवारी दर्ता सुरु, यस्तो छ कार्यतालिका

काठमाडौं, भदौ २१ । प्रदेश नम्बर २ का आठ जिल्लामा उम्मेदवारी दर्ता सुरु भएकाे छ । निर्वाचन आयोगले उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी हुन दल, मतदाता र उम्मेदवारलाई आग्रह गरेको छ ।
यस्तो छ कार्यतालिका
२१ भदौ : उम्मेदवारको मनोनयनपत्र दर्ता

२१ भदौ : उम्मेदवारको सूची प्रकाशन
२२ भदौ : उम्मेदवारको विरोधमा उजुरी दिने
२२ भदौ : मनोनयनपत्र जाँच गर्ने
२३ भदौ : मनोनयन भएकाको नामावली प्रकाशन
२३ भदौ : उम्मेदवारले नाम फिर्ता लिने
२४ भदौ : अन्तिम नामावली प्रकाशन
२४ भदौ : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
२ असोज : मतदान

निर्वाचन हुने स्थान
-जम्मा स्थानीय तह : १३६

-महानगर : १

-उपमहानगर : ३

-नगरपालिका : ७३

-गाउँपालिकाः ५९

-जम्मा निर्वाचित हुने जनप्रतिनिधि : ६६२७

-मतदानस्थल : २१६६

-मतदान केन्द्र : ३५७८

-कर्मचारी : ३१५००

-जम्मा जनसंख्या : २६ लाख ६४ हजार

महिला, दलित, अल्पसंख्यकलाई उम्मेदवार मनोनयन दर्तामा ५० प्रतिशत छुट

स्थानीय तहका निर्वाचनमा वडा तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको छ । र, महिला, दलित, अल्पसंख्यकलगायतलाई उम्मेदवारी मनोनयन गर्न आवश्यक शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । दलका तर्फबाट उम्मेदवार हुँदा नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

निर्वाचन आचारसंहिता कार्यान्वयनमा सबै पक्षबाट सहयोग हुन अपेक्षा राख्दै आयोगले आयुक्तको नेतृत्वमा उच्चस्तरीय टोली र सचिवको नेतृत्वमा अनुगमन टोली खटिएको जनाएकोे छ । निर्वाचनसम्बन्धी विवाद निरूपण गर्नुका साथै प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयले पनि आचारसंहिता पालनाको अनुगमन गर्ने व्यवस्था मिलाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!